क्रिस सिरिजमा ‘जादु’

फिल्म । बलिउडमा सफल सिरिज मध्यको एक हो , क्रिस । ऋतिक रोशनको करियरलाई अगाडी बढाउन मदत गरेको फिल्म ‘कोइ मिल गया’ को कथालाई अगाडी बढाउदै उनकै पिता तथा निर्देशक राकेश रोशनको निर्देशन रहेको फिल्म ‘क्रिस’ को अब चौथो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । पछिल्लो समय फिल्म ‘वार’ मार्फत चर्चा बटुलेका ऋतिकले अब सुपरहिरो बन्ने फैसला गरेका हुन् ।

सन् २००३ मा आएको फिल्म ‘कोइ मिल गया’ पछी यसको क्यारेक्टरलाई नै लिएर राकेशले सन् २००६ मा ‘क्रिस’ ल्याएका थिए । फिल्मलाई बलिउड प्रेमी दर्शकले निकै रुचाए । यो बलिउडको हिट एक मात्र सुपर हिरो हो भन्दा फरक नपर्ला । यसपछि यसको दोस्रो सिरिज अर्थात् ‘क्रिस ३’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि दर्शकले ऋतिकलाइ ‘क्रिस’ अवतारमा देख्न पाएका छैनन् ।

त्यसो त फिल्म ढिला हुनुको कारण ऋतिक नभइ उनका पिता हुन् । सिरिजलाई निर्देशन गर्दै आएका राकेश रोशन केहि समय अगाडी विरामी थिए । राकेशले फिल्म निर्देशनको जिम्मा संजय गुप्तालाई लगाउने तयारी गरेका थिए । तर , ऋतिकले त्यो मानेनन् । उनि चाहन्छन फिल्म डे फस्टबाट राकेशकै कप्तानीमा अगाडी बढोस् । यसैले गर्दा केहि समय ढिलीएको क्रिस सिरिजको काम लकडाउनमा पनि भइरहेको ।

ऋतिक र राकेशले स्टोरीमा छलफल गरिरहेका छन् । स्क्रिप्ट पूर्ण रुपमा लक्ड नभए पनि यसमा जादुलाई देख्न पाइने छ । दर्शकले निकै रुचाएको जादुलाई क्रिसको चौथो सिरिजमा ल्याउने लगभग तय भएको छ । दर्शक माँझ बढेको क्रेजलाई मध्यनजर गर्दै राकेशले यो कन्सेप्ट ल्याएका हुन् । यतिबेला उनि फिल्मको टेक्निकल पार्ट र क्रिसको यात्रालाई रोचक बनाउन तयारी गरिरहेका छन् । संवत फिल्मको छायाँकन सन् २०२१ को अन्त्यसम्ममा हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्