फिल्म । केहि दिन अगाडी मात्र काठमाण्डौमा अपेक्षा अनुसारको सामान्यका समेत नभएको टिप्पणी गर्दै ,’मेयरमा उठ्नु पर्छ कि क्या हो ?’ भनेर व्यंग गरेका अभिनेता राजेश हमालले सामाजिक काममा सक्रियता देखाएका छन् । काठमाण्डौलाई स्मार्ट सिटी बनाउछु भनेर जनताको भोट मागेका मेयरले सामान्य काम फोहोर समेत समयमा व्यवस्थापन गर्न नसकेको ठहर गरेका अभिनेता हमालले नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् ।
सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् । स्थानीयले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय जुटेका थिए । हमालले स्थानिय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिए हुन आग्रह गरे ।
’आज हामीले एकदिन, केहिबेर सफाई गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो ’ अभिनेता हमालले भने, ’यहाँ घुम्न आउने पर्यटकहरुले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।










