स्तरीय फिल्म बनाउन ‘टिम-अप’

फिल्म । केहि समय यता अभिनेत्री नीता ढुङ्गानाले म्युजिक भिडियो निर्देशन गरिरहेकी छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि फिल्म निर्माण गर्ने तयारी थालेकी नीता ढुंगानाले अभिनय मात्र गर्ने भएकी छिन् ।‘ह्रस्व–दीर्घ’ शिर्षक राखेर फिल्म निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारीमा रहेको नीताले निर्देशनको जिम्मा चन्द्र पन्तलाई सुम्पेकी छिन् । अघिल्लो साता फिल्ममा अनुबन्धित भएर निर्देशक पन्त अमेरिका पुगिसकेकी छिन् ।

नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सिमित रहन चाहेपछि फिल्म निर्देशनको जिम्मा पन्तले पाएका छन् । ‘फिल्म साता अगाडी नै साइन गरेको हुँ’ निर्देशक पन्तले भने । उनले आफुले राम्रो परिश्रमिक पाएको कारणले नभई फिल्म नै प्राविधिक रुपमा अब्बल बनाउने तयारी भएको कारण निर्देशकको दायित्व सम्हालेको बताए । स्तरीय फिल्म बनाउन टिम अप भएको निर्देशक पन्तको भनाइ छ ।

‘फिल्ममा नेपालसँगै भारतका कलाकार र प्राविधिकहरुले काम गर्दैछन्’ निर्देशक पन्तले भने । उनले फिल्मको लागत नै ८ करोडको हाराहारीमा हुने र नेपालीसँगै हिन्दी भाषामा समेत फिल्मको छायांकन हुने बताए । ‘फिल्ममा हुने कलाकारहरु चिनाउनु नपर्ने नै हुन्छन् । साथै , भारतीय केहि प्रोडक्सन हाउस र ओटीटी कम्पनिसँग पनि लगानीका लागि छलफल भइरहेको छ’ निर्देशक पन्तले बताए ।

उनले बलिउडका फिल्मकै काम भइरहेकै प्राइम फोकसमा प्राविधिक कामको कुराकानी गर्ने क्रममा केहि भारतीय प्रोडक्सन हाउसहरु कन्सेप्टमा आकर्षित भएकाले छलफल भइरहेको बताए । उनले भने ,’फिल्म हिन्दी भाषामा अर्कै नाममा आउने छ । हामीले छायांकन पनि नेपालसँगै भारतको बनारसीका केहि स्थान र युरोपमा गर्ने तयारी गरिरहेका छौँ ।’ पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा समेत सक्रियता बढाई रहेका निर्देशक पन्तले नेपाली फिल्मको बजार विस्तारका लागि पनि आफ्नो टिम स्तरीय फिल्म तयार गर्न तत्पर रहेको बताए ।

फिल्मको छायांकन भने दसैँ पछाडी गरिने उनले बताए । यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहने छन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यहि फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् ।८५ दिनसम्मको सुटिङ सेड्यूल रहने फिल्म ‘ह्रस्व–दीर्घ’ मा भारतीय कम्पनीबाट प्राविधिकहरु ल्याइने निर्माण कम्पनिको भनाइ छ ।

कमेन्ट गर्नुहोस्