फिल्म । केहि दिन अगाडी मात्र डेट घोषणा गर्दा ‘पठान’ फिल्मको सार्वजनिक केहि झल्कमा शाहरुख खानको लुक्स देखाइन । उनलाई विम्वात्मक रुपमा देखाइएता पनि उनलाई हेर्न नपाएका फ्यान माँझ अहिले एउटा तस्वीर भाइरल भइरहेको छ । डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्पेन छायांकनको क्रममा क्यामराबाट बच्न सकेनन् । उनि समुन्द्र किनारको एक होटेलमा छन् । उनि होटेल बाहिर निस्किदा क्यामरामा कैद भएका हुन् । उनको सार्वजनिक पठान लुक्सले फ्यान माँझ चर्चा पाइरहेको छ । छायांकनका लागि शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि स्पेनमै छन् । फिल्मको यो सेड्युल १७ दिनको रहेको थियो ।
बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने भएको छ । टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।
‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसैफिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाउने छन् । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनि फिल्ममा टाइगर अर्थात अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसि छन् ।










