रोहितको सिरिजमा जोडियो ‘कप युनिभर्स’

फिल्म । हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स अनुरुप निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशी समेत सामेल छन् । अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन् ।

सिद्धार्थ मलहोत्राको अभिनय रहने सिरिजलाई अमेजन प्राइमले निर्माण गर्नेछ । यसै मार्फत सिद्धार्थ समेत सिरिजमा डेब्यु गर्दैछन् । गतवर्ष सिद्धार्थ अभिनित फिल्म ‘शेरशाह’ हिट भएपछि एक पटक पुनः पुलिसकै भूमिकामा ल्याउने तयारी अमेजन प्राइमले गरेको हो । यद्दपी यसलाई सुशवंत प्रकाशले निर्देशन गर्नेछन् । यसमा रोहित निर्माताको रुपमा मात्र रहनेछन् । तर , यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ ।

यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दैछ । रोहितले सिरिजमै पनि प्रहरीमा लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारी अनुरूप सुरुवात गर्दैछन् । उनले यसलाई आउँदो दिनमा फिल्मसँग पनि जोड्न सकिने संकेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्