विदेश । युक्रेनका अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको युद्धका बीच मृत्यु भएको छ । जारी रहेको रसिया – युक्रेन युद्धमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेयता ३३ वर्षीय अभिनेता ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए । रुसी गोलाबारीमा परी उनको मृत्यु भएको छ ।
राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो पटक ‘मिटिङ अफ क्लासमेट’ फिल्ममा अभिनय गरेका पाशा सन् २००६ मा ‘द पिट’ मा अभिनय गरेपछि युक्रेनमा चर्चित बनेका थिए । उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए । एजेन्सी
कमेन्ट गर्नुहोस्











