सिरियल । दुइ दशक अगाडी नेपाली टेलिभिजनमा सिरियल बनाएर चर्चामा आएकी प्रज्ञा जोशी पुनः सिरियलमा फर्किएकी छिन् । सिरियलको सफलता पश्चात फिल्म निर्माण समेत गरिसकेकी प्रज्ञाको निर्माण रहेको सिरियल ‘आधा खुशी’ आउँदो छत्र ७ गतेबाट प्रदर्शन हुने भएको छ । सिटि वान टेलिभिजन र ओएसआर मुभिजबाट प्राशारणमा आउँने सिरियललाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन ।
प्रज्ञा फिल्मस प्रालीको व्यानरमा निर्माण भएको टेलीसिरियलमा सरोज खनाल, प्रज्ञा जोशी, लब शर्मा, भाबु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुइँटेल, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुयाँल, सङिता बस्याल, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्धाजद्वारा लिखित टेलीसिरियल पारिवारिक प्रेमकथामा आधारित रहेर तयार भएको हो । एक युवाको प्रेममा आउने उतार चढाको कथा भन्ने ‘आधा खुशी’ मा हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । यसमा सबु सुवेदीको सह लेखन रहेको छ ।
निर्मात्री जोशीले यस अगाडी नै सम्झना, सपूत, न बिर्से तिमिलाइ न पाए तिमिलाइ, नोटबुक लगायतका सफल फिल्म निर्माण गरिसकेकी छन् । यस्तै , निर्देशक लामिछानेले पनि धौली, पन्चेबाजा र अग्निदहन लगायतका फिल्म निर्देशन गरिसेकाक छन् ।










