फिल्म । अन्ततः फिल्म ‘लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शनमा आउने भएको छ । फागुन १३ गते रिलिज हुने भनिएता पनि यो फिल्म एकहप्ता सर्न बाध्य भएको हो । माघमा रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हल बन्द भएका कारण रिलिज हुन् नपाएपछि ‘लप्पन छप्पन २’ फागुन २० मा रिलिज हुने भएको हो ।
मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप र म्याक मिडियाको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी हुन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोष चन्द्र निर्माता रहेको ‘लप्पन छप्पन २’ मा पुरुषोत्तम प्रधानको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन छ ।
कमेन्ट











