यसकारण विक्कीसँग भ्यालेन्टाइनमा हुदिनन् कट्रिना

फिल्म । गतवर्ष मात्र बलिउडमा विवाह गरेका विक्की कौशल र कट्रिना कैफ पछिल्लो समय ‘ट्रेन्डिङ जोडी’ को रुपमा छन् । उनीहरुको हरेक अपडेटले मिडियामा राम्रो स्थान पाउने गरेको छ । विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् । यो खबरले पछिल्लो समय भारतीय मिडियामा राम्रो स्थान पाइरहेको छ ।

कारण सलमान खान रहेका छन् । सलमानकै फिल्म मार्फत बलिउडमा डेब्यु गरेकी कट्रिनाले ‘टाइगर ३’ को छायांकन गर्नु पर्ने भएपछि विक्कीलाई ‘सरि’ भन्नु परेको छ । सलमानले आफ्नो टिभी शो ‘विग बोस’ सकाएपछि ब्रेक नलिने भएपछि निर्माण कम्पनि यशराज फिल्म्सले छायांकनको सेड्युल बनाएको हो । कट्रिनाको यसपटकको भ्यालेन्टाइन सलमानसँग हुनेछ ।

उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन् ।

कमेन्ट गर्नुहोस्