वर्षाको सम्भावना

देश । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आज राति र भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने बताइएको छ । त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । बिहीबारबाट हरेक प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्