खेलकुद । कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार विहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्न कप्तान लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा सेमिफाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा डि पाउल,लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे।
खेलको ४० औँ मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए। ८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए । अर्जेन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइयो। लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्यो । लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो ।
उनले गरेको गोलसंगै नयाँ कीर्तिमान बनाएका छन् । उनको यो गोल ५८ औँ फ्रिकिक गोल हो । जुन मेस्सीका प्रतिष्पर्धी क्रिष्टियानो रोनाल्डोभन्दा एक गोल बढी हो । रोनाल्डोले ५७ फ्रिकिक गोल गरेका छन् । रोनाल्डोलाई पछि पार्दै मेस्सीले नयाँ कीर्तिमान बनाएका हुन् । (एजेन्सी)
#CopaAmérica 🏆
— Copa América (@CopaAmerica) July 4, 2021
¡Bombazo! Lionel Messi la clavó de tiro libre para el 3-0 final de @Argentina sobre @LaTri
🇦🇷 Argentina 🆚 Ecuador 🇪🇨#VibraElContinente #VibraOContinente pic.twitter.com/FcvQrHuRka









