छुट्टीए आमिर र किरण

फिल्म । बलिउड अभिनेता आमिर खानको पत्नी किरण रावसंग सम्बन्ध विच्छेद भएको छ । सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै यी दुइले विवाहको अन्त्य भएको जनाएका छन् । १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाउदै नयाँ सुरुवात गर्ने जनाएका छन् । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् ।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने जनाउदै आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन् । आफूहरु भविष्यमा को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्