‘रेड’ निर्देशकसँग काम गर्दै सलमान ?

फिल्म । पछिल्लो समय मसालेदार फिल्ममा देखा परिरहेका सलमान खान आफ्नो ट्रयाक परिवर्तन गर्ने सोचमा छन् । उनका समकक्षी शाहरुख खानले लगातार फ्लप फिल्म दिदाको परिणामलाई देखिसकेका सलमानले अब स्क्रिप्ट ध्यान केन्द्रीत गर्ने तयारी थालेका छन् । पछिल्लो समय टाइगरको नयाँ सिरिजमा काम गरिरहेका सलमानले आउँदो एक फिल्मका लागि राजकुमार गुप्तासंग कुरा अगाडी बढाएका छन् ।

बलिउडमा ‘रेड’ जस्ता फिल्म निर्देशन गरेका राजकुमारसंग त्यस्तै प्रकारको रियल इभेन्टमा आधारित फिल्ममा काम गर्ने तयारी उनको छ । सलमानको फिल्मले राम्रो कमाइ गरिरहेता पनि उनकै फ्यान पछिल्लो समय असन्तुष्ट छन् । रेस ३ , भारत , ट्युबलाइट , राधे लगायतका उनका फिल्मले दर्शकलाई निराश बनाएका छन् । पछिल्लो समय उनले बजरंगी भाइजान मार्फत चर्चा पाएका थिए । उनको काम र फिल्मको कन्सेप्टलाई निकै रुचाइएको थियो ।

यतिबेला सलमानले उस्तै अपेक्षा गरेका छन् । यसैले गर्दा उनले टाइगरको नयाँ सिरिजपछी आफ्ना साथि साजिद नाडियाडवालाको फिल्म ‘भाइजान’ मात्र गर्ने सहमति दिएका छन् । त्यसपछि उनले नयाँ फिल्म के गर्ने भन्ने चयन गरिरहेको भारतीय मिडियामा उल्लेख छ । यदि राजकुमारसंग उनको कुरा मिलेमा उनको नयाँ अवतारलाई फिल्ममा दर्शकले देख्न पाउनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्