‘अँधेरीमा’ गजलका साथ आए डब्बु

संगीत । गीतकार डब्बु क्षत्रीले आफ्नो नयाँ गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ ।

भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् । गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको सृँगार रहेको छ ।

कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्