देश । अन्तत: नेपाल सरकारले चीनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने भएको छ । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
उक्त बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति समेत दिईसकेको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो ।
कमेन्ट गर्नुहोस्









