सहायता जुटाउदै प्रबल गुरुङ

फेशन । चर्चित फेशन डिजाइनर प्रबुल गुरुङ कोरोना भाइरस (कोभिड-१९) महामारीको दोस्रो लहरले आक्रान्त आफ्नो मुलुकलाई सहायता दिलाउन जुटेका छन् । सीएनएन टेलिभिजनमा अन्तर्वार्ता दिँदै गुरुङले गैरनाफामूलक सामाजिक संस्था नेपाल राइजिङमार्फत नेपालका विभिन्न अस्पताल र सामाजिक संस्थालाई अत्यावश्यक अक्सिजन सिलिन्डरसहित कोभिड उपचारमा प्रयोग हुने सामग्री जुटाउन पहल गरिरहेका जनाउदै सहयोगी हातहरुलाई अगाडी बढ्न आग्रह गरेका छन् ।

नेपाललाई अहिले खोपको जरुरी रहेको बताउँदै खोप दिलाउने हालैको घोषणाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद समेत दिए । अक्सिजन र उपचार अभावमा आफन्त र साथीभाइको मृत्यु भएको देख्दा आफू विक्षिप्त भएको समेत प्रबलले बताएका छन् । प्रबलले नेपालमा शिक्षा फाउन्डेसन पनि संचालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्