राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

फाइल फोटो

देश । विहिबार अबेर संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपतिद्वारा गरिएको आह्वानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र दाबी पेश गरेका हुन् ।

ओलीले नेकपा एमाले र जसपाका १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् । त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १ सय ४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् । साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएको थियो ।

कमेन्ट गर्नुहोस्