देश । पछिल्लो समय कोरोना भाइरसको महामारी नेपालमा पनि छिमेकी मुलुक भारत झैँ बढ्दो छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अक्सिजनको अभावको समाचार आइरहेकै हुन्छन् । उपचार गर्ने क्रममा संक्रमितलाई प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गर्ने निर्णय सरकारले गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ । यद्दपी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।








