रोकियो ‘लप्पन छप्पन २’

फिल्म । विस्तारै चलायमान हुन् थालेको फिल्मनगरी पुनः अन्यौल तर्फ बढ्न थालेको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा विस्तारै चलायमान बनिरहेको फिल्मलाई पुनः संक्रमित संख्या बढ्दै गएपछि अन्यौलता तर्फ अगाडी बढाएको हो । स्वास्थ्य मन्त्रालयले केहि दिन अगाडी मात्र भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र रात्व्यारीकालिनपार नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेपछि फिल्म ‘लप्पन छप्पन २’ ले रिलिज डेट सारेको छ ।

फिल्म युनिटले आउँदो चैत्र २७ मा कायम गरेको रिलिज डेटलाई रद्द गर्दै अवस्था सामान्य भएपछी नयाँ डेट घोषणा गर्ने जनाएको छ । निर्देशक तथा निर्माता मकुन्द भट्टले अन्यौलता बढेकोले रिलिज रोकिएको र केहि समयपछी नयाँ डेट घोषणा गर्ने बताए ।

एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर,दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत बन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

यसको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्