साउनमा मात्र ‘प्रसाद २’ ?

फिल्म । प्रसादको सफलतापछी शुभाष थापाले निर्माण गर्ने फिल्म ‘प्रसाद २’ को छायांकन आउँदो वर्षको साउनबाट हुने भएको छ । फागुन देखि नै छायांकनमा निस्किने तयारीमा टिम रहेता पनि स्टारकास्टको समय नमिल्दा सेड्युलमा परिवर्तन आइरहेको छ । लकडाउन खुकुलो भएसँगै फ्लोरमा जाने फिल्मको रुपमा चर्चा रहेता पनि अभिनेत्री नम्रता श्रेष्ठले साउनको डेट दिएपछि नयाँ सेड्युल बनेको बुझिएको छ ।

नम्रताले जेठबाट अर्को फिल्मलाई समय दिएको र वैशाखभर यसको तयारी गर्नुपर्ने भन्दै ‘प्रसाद २’लाई सुटिङ सार्न आग्रह गरेपछि यो फिल्मको सुटिङ हाललाई सरेको हो । तर, निर्माता थापाले टुंगो एकदुई दिनमा लाग्ने बताएका छन् । केहि दिन अगाडी नम्रताले विनय श्रेष्ठसँग स्क्रिन शेयर गर्ने भनिएको फिल्म जेठमा छायांकन हुने चर्चा छ । राजिव गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा नम्रताले ‘सानो संसार’पछि पहिलो पल्ट विनयसँग स्क्रिन सेयर गर्दैछिन् ।

कमेन्ट गर्नुहोस्