सकियो ‘तिम्रो मेरो साथ’

फिल्म । छायांकनरत फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । काठमाण्डौबाट सुरु भएको फिल्मको छायांकन पोखरामा सकिएको हो । ३२ दिनमा फिल्मको छायांकन सकिएको जानकारी यसका निर्मातासंगै निर्देशक समेत रहेका रमेश एमले पौडेलले दिएका हुन् । ‘सुन्दर नगरी पोखराबाट छायांकन सकिएको घोषणा गर्न पाउँदा हामी दंग छौ । मिडिया र दर्शकको साथ सधै पाइराख्ने अपेक्षा राखेका छौं ’ निर्देशक पौडेलले भने ।

फिल्मको बारेमा जानकारी गराउदै अभिनेता पुष्प खड्काले सबै बर्ग, तप्का र तहका दर्शकको रुचीलाई ध्यानमा राखेर फिल्म तयार भएको बताए । उनले फिल्मले दर्शकको मन छुने बताए । यस्तै, कलाकार सन्दिप क्षेत्रीले पनि आफ्नो कलाकारितामा नयाँ फड्को मार्ने बताए । चलचित्र पत्रकार संघ कास्की शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल, नृत्य निर्देशक रामजी लामिछानेको पनि उपस्थिती रहेको थियो ।

फिल्मको प्रदर्शन नेपाल अगावै अमेरिका, अष्ट्रेलिया र बेलायतमा गरिने बताइएको छ । बोधी एच डी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्