संगीत । सञ्चारकर्मी नरेश भट्टराई र मोडल साक्षी लम्सालको अभिनय रहेको म्युजिक भिडियो ‘तिम्रो याद भुलाउन’ सार्वजनिक भएको छ । गीतमा प्रेमिकाको याद भुलाउने प्रेमीको संघर्षलाई देखाइएको छ । गीतमा नरेश र साक्षी प्रेमजोडीको रुपमा चित्रण भएका छन् ।
गीतमा शब्द र संगीत उमेश रेग्मीको रहेको छ भने यसलाई शिव परियारले गाएका छन् । गोत्र इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा निशल पौडेलको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ । प्रेम र त्यसपछिको बिछोडको कथालाई भिडियोमा युवराज वाइवा निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्












