सलमानको राधेलाई २ सय ३० करोड

फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ को छायांकन गएको अक्टोबरमा सकाईसकेका छन् । फिल्म गत इदमै रिलिज गर्ने तयारी भएता पनि कोरोना भाइरसले गर्दा सम्भव हुन् सकेन । फिल्म आउँदो इदमा रिलिज गर्ने तयारीकै बीच सलमानले फिल्म जी स्टुडियोलाई बिक्रि गरेका छन् । उनले फिल्मको सम्पूर्ण राइट्स २ सय ३० करोडमा बिक्री गरेको खबर भारतीय मिडियामा उल्लेख छ ।

लकडाउनकै समयमा फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने प्रस्ताव ओटीटी प्लेटफर्म मार्फत आएपनि सलमानले स्वीकार गरेका थिएनन् । यद्दपी उनले सम्पूर्ण राइट्स भने जी स्टुडियोलाई बिक्री गरेका छन् । पछिल्लो समय सलमानको फिल्महरु रेस ३ , भारत र दबंग ३ पनि जी नेटवर्कले नै खरिद गरेको थियो । उक्त फिल्महरु जी सिनेमा मार्फत प्रिमियर गरिएको थियो ।

यस्तै , सलमान खान फिल्म्स प्रस्तुतकर्ता रहेको वेब फिल्म ‘कागज’ पनि जी फाइभमा प्रिमियर हुदैछ । पछिल्लो यी सम्झौता हेर्दा सलमान जी नेटवर्कसँग नजिक रहेको अनुमान लगाउन सकिन्छ । फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्