देश । यहिँ मङ्सिरमा विवाह बन्धनमा बाधिएका सञ्चारकर्मी तथा साहित्यकार मनोज बख्रेल र सिर्जना बस्नेतले सर्लाहीको घुर्कौली र सुखेपोखरी बाल गृहमा आश्रय लिएर बसिरहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । यी नव विवाहित दम्पतिले शुक्रबार साँझ पख दुवै बाल गृहमा पुगेर त्यहाँ बसेर अध्ययरत बालबालिकालाई कापी, डटपेन र सिसाकलम हस्तान्तरण गरेका हुन् ।
घुर्कौलीस्थित द्वन्द्वपीडित बाल गृहका ४५ जना र सुखेपोखरीस्थित सर्भिस फर पिस नेपालद्वारा सञ्चालित बाल गृहका २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको मनोजले जनाए । उनले प्रत्येक वर्ष वैवाहिक वर्षगाँठमा ‘सिर्जनात्मकताका लागि शैक्षिक सामग्री’ कार्यक्रमलाई अझै व्यवस्थित गर्ने र सर्लाही साहित्य समाजसँग समन्वय गरी वर्षैपिच्छे महिला ‘सिर्जनात्मक सिर्जना वर्ष साहित्य पुरस्कार’ घोषणा गर्ने बताएका छन् । ‘हामीले आफ्नो विवाहको वर्षगाँठलाई सहयोगी भावका साथ मनाउने उदेश्यले यस्तो गतिविधि गरेका हौँ’ मनोजले बताए ।








