फिल्म । हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा आफ्नो परिवार र शुभ चिन्तकहरुकै प्रतिक्रिया अनुसार दोस्रो विवाह गर्ने बताए । ‘म छिटै खबर दिनेछु , अहिलेलाई यति मात्र भने’ उनले अन्तर्वार्तामा विवाहको खबर छिटै दिने बताए ।
कोसँग विवाह गर्दैछन् भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने उनको भनाइ छ । यो गजुरेलको दोश्रो विवाह हुनेछ । उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् ।
कमेन्ट गर्नुहोस्










