संगीत । राहुल रक्स र मेलिना राईको स्वरमा रहेको गीत ‘जीवन सुनमा सुगन्ध…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरज अधिकारी (सुररक्स) को शब्द तथा सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको छ ।
रङ्ग पत्रकारितामा सक्रिय तथा गायनमा समेत भविष्य खोजिरहेका सुरज पौडेलले निर्देशन गरेका गीतको भिडियोमा माया प्रेमको भाव बोकेको छ । सुरजको यो पहिलो निर्देशकिय भिडियो हो ।
उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो । भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन् ।
कमेन्ट गर्नुहोस्










