फिल्म । चलचित्र विकास बोर्ड थप बहत्तर फिल्मकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज यहाँ चाबहिलमा रहेको चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरे ।
‘चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाएका छौँ । यसपटक भाषणमा मात्र सिमित नभई यसै वर्ष त्यसलाई संसदबाट पास गर्ने तयारी छ । फिल्मले मनोरन्जनसँगै समाजलाई शिक्षित गर्ने र कला, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने हामीले बुझेका छौँ । हामी यहाँ देखिएका समस्यालाई समाधान गर्न तत्पर छौँ ।’
मन्त्री गुरुङले चलचित्र ऐन, २०२६ मै चलचित्रका गतिविधि भइरहेको हुँदा समयानुकुल बनाउन नसक्दाको असहजता र नयाँ ऐनको आवश्यकता सरकारले राम्रोसँग बुझेको बताए ।
कार्यक्रममा कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिब्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजङ्ग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुङ्गाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डङ्गोल, शङ्करप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुङ्गाना, म्याक्चुङ गौतम (हिउँवाला), शालिकराम कार्की, सरोजकुमार खनाल, रामशरण जङ्गमलाई परिचयपत्र प्रदान गरियो ।
यस्तै, चलचित्र निर्देशक उदयकुमार इङ्नाम, सुनिलप्रसाद पाण्डे, केदारप्रसाद पाठक, केशवबहादुर रायमाझी, शोभितराम बस्नेत, रमेश कोइराला, विजयरत्न तुलाधर, रविराज अर्याल, सन्तोषबाबु लोहनी, राजेन्द्रकुमार उप्रेती, देवकुमार श्रेष्ठ, आकाश अधिकारीलाई परिचयपत्र प्रदान गरियो ।
चलचित्र निर्माणमा सङ्लग्न हुने प्राविधिक नगेन्द्र घिमिरे, निर्जलकुमार श्रेष्ठ, सन्ते (सन्तु) तामाङ, कमलप्रसाद मिश्र, तुलबहादुर तामाङ, महेन्द्र तामाङ, सानुमान तामाङ, पूर्णबहादुर तामाङ, बालदीप राई, अशोक रोक्का, माधव थापा, मेघराज पौडेल, बोझबहादुर पौडेल, विश्वराम केसी, विमल पौडेल, राजु खत्री क्षेत्री, सनमकुमार श्रेष्ठ,हरिप्रसाद पौडेललाई परिचयपत्र प्रदान गरियो ।
यस्तै, सोही समारोहमा छायाँकार मदन घिमिरे, राजुविक्रम थापा, रत्न ढकाल, दिव्यराज सुवेदी, द्धन्द्ध निर्देशक कुमार महर्जन, रोशन श्रेष्ठ, नानीकाजी डङ्गोल, उदयसिंह बोहरा, निर्माता कृष्णप्रसाद पोखरेल, नवल खड्का, मधुसुधन प्रधान, लालुराम सापकोटा, नृत्य निर्देशक राजेन्द्र शाह, गोविन्द नेपाली, गीतकार राजेन्द्र थापा, प्रमोद ढुङ्गाना, प्रदर्शक कपिलप्रसाद द्धा, सङ्गीतकार चेतनाथ सापकोटालाई परिचयपत्र प्रदान गरियो ।
उहाँहरूले चलचित्र क्षेत्रमा तीस वर्षभन्दा बढी योगदान दिनुभएकाले सम्मानस्वरूप ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डका अध्यक्ष डिसीले बताए । उनले भने,‘ प्रदान गरिएको परिचयपत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने छौँ । यो राज्यले दिएको एउटा सम्मान हो, यो उहाँहरुको योगदान व्यक्त गर्ने र कालान्तरमा राज्यले सुविधा दिने माध्यम बन्ने छ ।’
तेह्रजना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ गतेदेखि भएको थियो । त्यसपछि विसं २०७३ असार १६ गते २७ जना, विसं २०७९ असार १६ गते ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, मोहन निरौला, निर्देशक तुलसी घिमिरे, दीपाश्री निरौला लगायतका फिल्मकर्मी उपस्थित थिए ।










