फिरोज र सहाराको ‘अरुको पनि बन्न सकिँन’ (भिडियो)

संगीत । फिरोज तिमल्सेना र सहारा कार्कीको अभिनय रहेको ‘अरुको पनि बन्न सकिँन’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । साबु गदाल कार्की (साबुरबी)को शब्द, अर्जुन पोख्रेलको संगीत र जिना रसाइलीको स्वर रहेको गीतको भिडियोलाई संयुक्त राज्य अमेरिकाका रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोमा फिरोज र सहारासँगै बिनिताको पनि अभिनय रहेको छ ।

द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई फिरोजले सम्पादन र निर्देशन गरेका छन् भने यसलाई दर्पण उदासले छायांकन गरेका हुन् । रवी कार्कीको निर्माण रहेको भिडियोमा मायालु जोडीको प्रेम भाव र वियोग पिडालाई समेटिएको छ । भिडियोमा फिचर्ड फिरोज र सहाराले फिल्म ‘दर्पणछायाँ २’ र भिडियोमा पनि सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्