बेंग्लोरले जितसँगै बनायो रेकर्ड

विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार राति भएको खेलमा कोलकता नाइटराइडर्सलाई हराउदै विजयी भएको रोयल च्यालेन्जर्स बेंग्लोरले रेकर्ड पनि बनाएको छ । पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो ।

बेंग्लोरका मोहमद सिराज आइपिएल इतिहासको एकै इनिङमा दुई ओभर मेडन राख्ने पहिलो बलर बने । कोलकताविरुद्धको खेलमा बेंग्लोरले चार ‌ओभर मेडन फ्याँक्यो । दुई मेडन सिराजले फ्याँक्दा क्रिस मोरिस र वासिङ्टन सुन्दरले पनि १-१ मेडन राखे । आइपिएलको इतिसहामा एकै इनिङमा चार मेडन राखिएको यो पहिलो खेल हो । यसअघिका एकै खेलमा दुई भन्दा बढी मेडन थिएनन्। बैंगलोरले १३.३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्