गीतमा ‘भरिया’ को कथा (भिडियो)

संगीत । हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ ।भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीतमा मानवशास्त्री तथा समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ग्ने’ को रचना रहेको छ भने गायिका गौतमले संगीत भरेकी छिन् । यस्तै गीतको एरेन्जमेन्ट शीलाबहादुर मोक्तानले गरेका छन् ।

रचनाकार जमरकट्टेलले यो गीतमा लहान, जिरी तथा नेपालका पूर्वी क्षेत्रमा भारी बोकेर गुजारा चलाउने भरियाको कथा उनेका छन् । गायिका गौतमले गीतका शब्दले मन छोएकाले गीत गाएको प्रतिक्रिया दिइन् । ‘यति मीठो सिर्जना कमै लेखिएको पाइन्छ, गीतले निकै मन छोयो, शब्द पढेपछि म निकै उत्साहित बनेकी थिएँ,’ उनले भनिन् ।

भिडियोमा लहान, जिरी लगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ । साथै गीतमा वास्तविक भरियाहरुलाई पनि देख्न सकिन्छ । रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियोलाई अर्घेलो थापाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्