फिल्म । निर्देशक प्रकाश झा निर्देशित सिरिज ‘आश्रम’को दोस्रो सिजन आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । धार्मिक गतिविधि मार्फत राजनीति र देशमा भइरहेको अंधकार भित्र खेलमा देखाइएको सिरिजमा बबी देओलले बाबाको भूमिका निर्वाह गरेका छन् । उनि यस किसिमको भूमिकामा पहिलोपटक देखिएका हुन् । ‘मलाइ लागेको थिएन कि म यस्तो भूमिका गर्न सक्छु तर निर्देशक झाले गराए र दर्शकले पनि रुचाए’ बबीले भने ।
केहि अगाडीसम्म अभिनयबाट टाढिएका बबीले कमब्याक गरेसँगै फिल्म र सिरिजमा काम गरिरहेका छन् । निर्देशक झाले पनि बबीले भूमिकालाई न्याय गरेको बताएका छन् । उनले सिरिजलाई पनि फिल्मकै शैलीमा निर्माण गरेका छन् । धर्मको आडमा चलिरहेको अपराधिक क्रियाकलाप देखाउने प्रयास उनले गरेको देखिन्छ । दोस्रो सिजनलाई नोभेम्बर ११ मा हेर्न पाइनेछ ।
STREAMS FROM 11 NOV… #PrakashJha announces the second edition of web series #Aashram… Titled #AashramChapter2: #TheDarkSide… Streams from 11 Nov 2020 on #MXPlayer… Stars #BobbyDeol. pic.twitter.com/uPag4w1Wy3
— taran adarsh (@taran_adarsh) October 17, 2020












