संगीत । नृत्य मार्फत चर्चामा आएकी अलिसा शर्मा ‘कोलम्बसकी कान्छी’ बनेकी छिन् । उनकै यसै शिर्षकमा हालै एक म्युजिक भिडियो रिलिज भएको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले पनि पछिल्लो समय म्युजिक भिडियोलाई अझै चलायमान बनाएको छ । गीतको भिडियोमा अलिसासँगै टिकटक मार्फत चर्चामा रहेका डिमोन क्षेत्री फिचर्ड छन् ।
गोदावरीको रमणीय दृश्यमा छायाँकन गरिएको भिडियोमा अलिसा र डिमोनको प्रेमभाव देख्न सकिन्छ । गीतमा शब्द तारा फुयालको रहेको छ भने यसमा संगीत र स्वर ओम सुनारले दिएका छन् । गीतलाइ शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले सुनिल उप्रेतीसँगको सहकार्यमा तयार पारेको हो । भिडियोमा छायाँकन र सम्पादन दिपेन बस्न्यातको रहेको छ भने यसलाई मौसम हिमालीले निदेशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्











