ओएसआरले ल्यायो ‘मोबाइल थियटर’

फिल्म । किशोरी बलत्कार तथा हत्याको कथामा निर्मित फिल्म ‘कोपिला’ दामी म्युजिक एपमा रिलिज भएको छ । ओएसआर डिजिटल अन्तर्गत रहेको सो एपमा शुक्रवारबाट मोबाईल थिएटर अन्तर्गत फिल्म रिलिज भएको हो । दामी म्युजिक एपको मोबाईल थिएटरमा फिल्म दैनिक ४ शो रिलिज भइरहेको छ । प्रति टिकट ७५ रुपैया कायम गरिएको एपमा थिएटरको हल वानमा कोपिला रिलिज गरिएको हो ।

एपमा चारवटा थियटर रहेका छन् , जहाँ फरक फरक फिल्म दर्शकले हेर्न सक्नेछन् । एक पटक शुल्क तिरेपछि ७२ घण्टा भित्रमा उक्त फिल्म हेरिसक्नु पर्ने प्रावधान रहेको छ । हरेक शुक्रबार नयाँ फिल्म रिलिज गर्ने तयारीमा रहेको एपमा ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम अन्तर्गत इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि पैसा तिरेर फिल्म हेर्न सकिने छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्म’कोपिला’ मा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्