विदेशी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गतको तेस्रो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










