देश । पाँच दिनसम्म वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि शुक्रबारसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । यसैले गर्दा आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुन सक्ने समेत विभागले जनाएको छ ।
— Nepal Weather Forecast (@DHM_Weather) September 21, 2020
कमेन्ट गर्नुहोस्










