बढ्यो प्याजको मुल्य

देश । तरकारीमा आवश्यक मानिने प्याजको मुल्य बढेको छ । ६६ रुपैयाँ प्रतिकेजी पाइने प्याजको मुल्य ८० भन्दा बढी पुगेको हो । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको अभाव हुनुका साथै मुल्य पनि बढेको हो ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको हो । भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ । भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो ।

कमेन्ट गर्नुहोस्