संगीत । भिडियो सेयरिङ्ग साइट टिकटकको लोकप्रीयता र टिकटकमा सक्रिय व्यक्तिहरु म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ । टिकटकमा सक्रिय र राम्रो फलोअर्स कमाएका शृजन भट्टराई(काकु),पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,रोजी आचार्य,सबिन श्रेष्ठ (ड्यामेज),सुष्मा सुबेदी लगाएतको अभिनय रहेको भिडियो ‘टिकटकमा हेरेर’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर रहेको छ । गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्











