देश । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । विशेषत पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । उपत्यकामा पर्ने काठमान्डौ , ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्यामा निषेधाज्ञा भएपनि कम आउन सकेको छैन । यसिअले गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।
विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिनै लाग्दा एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने सुझाव मन्त्रालयले दिएको छ । दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने मापदण्डअनुसार चल्नुपर्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताएका छन् ।












