कतारमा रिलिज पेपर चाहिने प्रावधान हट्यो

विदेश । नेपाली कामदारको प्रमुख गन्तव्य कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई हटाउदै अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपैयाँ) तोकेको छ ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ । कतारले रिलिज पेपर चाहिने अवस्थालाई हटाएर श्रम बजारलाई अझ प्रतिस्पर्धी बनाएको छ । कतारमा गएका श्रमिकले रोजगारदाताको सहमति नभएसम्म अर्को कम्पनीमा काम गर्न पाइने अवस्था थिएन ।

कमेन्ट गर्नुहोस्