कोरोना संक्रमित ५३ लाख

विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले विश्वभर छ । विश्वका अधिकांस देश लकडाउन गरेर समाजिक दुरी कायम गरिरहेका छन् , महामारी रोक्नलाइ । कोरोना भाइरसले सबै भन्दा बढी असर संयुक्त राज्य अमेरिकालाई गरेको छ । अन्य राष्ट्रको तुलनामा यहाँ संक्रमित र मृतकको संख्या बढी छ ।

कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या ५३ लाख पुगेको छ । यद्दपी २१ लाख भन्दा बढीले संक्रमण जित्दै घर फर्किएका छन् । यसैगरी ३ लाख ४१ हजार भन्दा बढीले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । अमेरिकामा मात्र कोरोना भाइरसको कारण ९८ हजार ६ सय ७४ बढीले ज्यान गुमाएका छन् । यहाँ १६ लाख ८० हजार बढी संक्रमित छन् भने ३ लाख ३४ हजार निको भएर घर फर्किएका छन् ।

अमेरिकापछी पछिल्लो समय रसियामा कोरोना भाइरसको संक्रमण र मृतकको वृद्धिदर बढी छ । रसियामा ३ लाख ४३ हजार ४ सय ३४ बढी संक्रमित छन् भने १ लाख ८ हजार निको भएका छन् । यस्तै , यहाँ कोरोना भाइरसको कारण ३ हार ५ सय २७ ले ज्यान गुमाएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६७ हजार ८ सय ३ छन् भने यहाँ २३ हजार १४ जनाको मृत्यु भएको छ । यहाँ १ लाख ४३ हजार निको भएका छन् ।

बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३६ हजार ६ सय ७५ रहेको छ भने यहाँ २ लाख ५९ हजार ९ सय ५९ जना संक्रमित छन् । यसैगरी स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २८ हजार ६ सय ७८ रहेको छ भने यहा १ लाख ५० हजार निको भएर घर फर्किएका छन् । यसैगरी यहाँ २ लाख ३५ हजार संक्रमित छन् । नेपालमा कोरोना भाइरसको कारण ३ जनाले ज्यान गुमाईसकेका छन् भने यहाँ ५ सय ८४ संक्रमित छन् । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्