फिल्म । युवापुस्ता माँझ राम्रो क्रेज बनाएका नायक हुन् अनमोल केसी । सदाबहार अभिनेता भुवन केसीका पुत्रको रुपमा फिल्मनगरीमा चिनिएका अनमोलले पछिल्लो समय आफ्नो पहिचान स्थापित गरिसकेका छन् । उनले अभिनय गरेका अधिकांस फिल्मले दर्शकको माया पाएको छ । अर्थात सफल भएको छ । अनमोलले सफलता पाएपनि उनको फिल्मलाई समिक्षकले भने रुचाएको पाइदैन ।
उनको फिल्मले राम्रो व्यसाय त गर्छ , तर फिल्म बुझ्नेले भने स्वीकार्न सकेका छैनन् । उनको क्रेज प्राय युवावर्गमा मात्र देखिएको छ । त्यसैले अनमोलले पछिल्लो समय कथा र स्क्रीनप्लेमा पनि मेहनत गर्न थालेका छन् । ए मेरो हजुरको चौथो सिरिजमा अभिनय गरिरहेका अनमोलले त्यसपछि अभिनय गर्ने भनिएको फिल्म ‘पारस’ को स्क्रिप्टमा ध्यान दिईरहेका छन् ।
आफ्नो सशक्त स्टारडममा उनि लेखन पनि बलियो चाहन्छन । यसैले गर्दा अनमोलले खाली समयलाई सदुपयोग गरिरहेका छन् । माधव वाग्लेले निर्देशन गर्ने यो फिल्मलाइ दि सुपर काजोल फिल्मस्ले निर्माण गर्दैछ । कथावस्तु बलियो भएकै कारण निर्माता भूवन केसीले निर्देशक माधव वाग्लेसँग सहकार्य गरेको चर्चा फिल्मवृतमा छ ।










