मनिषालाई अध्यक्ष थापाको शुभकामना

देश । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ट्विट गर्दै अभिनेत्री मनिषा कोइरालालाई जन्मदिनको शुभकामना दिएका छन् । पछिल्लो समय नेपालले जारी गरेको नयाँ नक्सालाई ट्विट गरेपछि उनि भारतमा विवादमा आएकी थिइन् । पछिल्लो समय यसै कारणले नेपाली माँझ पुनः चर्चामा आएकी मनिषाले हजुरबुवा विशेश्वर प्रसाद कोइरालाको विचारलाई निरन्तरता दिएको भन्दै अध्यक्ष थापाले प्रसंशा गरेका छन् ।

उनले बलिउडमा आफ्नो मेहनतले आफुलाई अब्बल प्रमाणित गर्दै शिर्ष स्थानसम्म पुगेको , राष्ट्रियताको पक्षमा उभिएको , क्यान्सरलाई जितेर प्रेरणाको बनेको लगायतका प्रसंशा गर्दै थापाले शुभकामना दिएका हुन् । मनिषा पछिल्लो समय नेपालमै छिन् । लकडाउनकै बीच उनि परिवारसंग नेपाल आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्