विदेश । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले भावुक हुँदै लेखका छन् ,’ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’ ७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए ।
कमेन्ट गर्नुहोस्






