४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

देश । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४ सय ४७ नमुना परीक्षण गर्दा ४ सय ६८ मा संक्रमण पुष्टी भएको हो । यो संख्या थपिएसंगै कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट ५ लाख नाघेको जनाएको छ । हालसम्म ५ लाख ५ हजार ६ सय ६० पुगेको छ ।

कमेन्ट गर्नुहोस्