विदेश । लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन कन्सल्टेन्सी बाबा एजुकेशन कन्सल्टेन्सीले सन २०२० को आर्थिक बर्षका लागि सिड्नीमा रहेको जर्ज ब्राउण्ड कलेजबाट ‘एजेन्ट अफ द एअर २०२०’ को अवार्ड जितेको छ । अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने विद्यार्थीहरुको विश्वास जितिरहेको बाबाले पाएको अवार्डले जिम्मेवारी थपेको निर्देशक रविन्द्र कुमार शर्माले बताए ।
नेपालको विभिन्न सहरसंगै सिड्नीमा राम्रो उपस्थिति रहेको बाबा विगत १२ बर्षदेखी एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा सक्रिय रहनुका साथै मनोरन्जनात्मक र सामाजिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति प्रस्ट्याइरहेको छ ।‘ यो सब हाम्रा विद्यार्थीहरु मार्फत हामीलाई प्राप्त माया,साथ र विश्वासको प्रतिफल हो’ शर्माले भने ।
कमेन्ट गर्नुहोस्









