खुसि ब्रिटनी

फिल्म । अभिनेत्री ब्रिटनी स्नोले मार्चमा टेलर स्टैनल्यान्डसँग कोरोना भाइरसको महामारी सुरु हुनु अगाडी विवाह गरेकी थिइन् । लकडाउन भन्दा पहिले विवाहबन्धनमा बाँधिन पाएकोमा उनले आफूलाई भाग्यमानी ठानेकी छन् ।

‘मार्च महिनाको सुरुआतमा हामीले विवाह गर्‍यौं । एक अर्कालाई मिस गरेको अनुभव गर्नुभन्दा पहिले नै आफूलाई मन परेको व्यक्तिसँग विवाह गर्न पाइयो । योभन्दा खुसीको कुरा के हुन्छ । यसको केही दिनपछि पूरा विश्वमा प्रतिबन्ध लगाइयो । यो देखेर हामी निकै स्तब्ध भयौं ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनी थप्छिन्, ‘हामी यति भाग्यमानी छौं जो इतिहासको यो सम्झिरहने दिनभन्दा पहिले नै हामीले विवाह गर्न पायौं ।’ (एजेन्सी)

कमेन्ट गर्नुहोस्