संगीत । पिरिम नलाउनेको सफलतापछि गायक आशिष सचिनले सोहि समुहसँगको सहकार्यमा ‘गलबन्दी पछ्यौरी’ गीत ल्याएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा आशिष र मेलिना राईको स्वर छ । गीतलाई पिरिम नलगाउनेको आरम्भ भनिएको छ ।
सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा बर्षा राउत, रेश्मा घिमिरे र गायक सचिनको नृत्य देख्न सकिन्छ । यस्तै भिडियोमा बाल कलाकार अर्विन खड्का र अर्शिना भट्टराईको पनि अभिनय छ । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्











