फिल्म । हाँस्यकलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा एक फिल्मकर्मी र एक पत्रकारलाई सम्मानित गरेका छन् । हरेक वर्ष झैँ केसीले आफ्नो जन्मदिन असार १५ मा सम्मान गरेका हुन् । अघिल्लो वर्षमा कार्यक्रम गरेर जन्मोत्सव मनाउने गरिएता पनि यसवर्षको अवस्थालाई मध्यनजर गर्दै सामान्य हिसाबले सम्मान गरेको केसीले बताए ।
केसीले आफ्नो क्षेत्रमा योगदान पुर्याएको भन्दै कलाकार लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीलाई सम्मानित गरेका हुन् । गिरीलाई किरणले १० हजार नगद र सम्मानपत्रबाट सम्मानित गरेका थिए । यस्तै २७ वर्षदेखि रंग पत्रकारितामा सक्रिय डब्बु क्षेत्रीलाई पनि १० हजार नगद र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
आफ्ना माता र पिताको सम्झनामा विगत ७ वर्षदेखि केसीले एक जना कलाकार र एक जना पत्रकारलाई सम्मानित गर्दै आएका छन् । आफ्नो कार्यलयमै ११ जनाको उपस्थितीमा उनले सानो कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा केसीले कलाकार लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । पत्रकार डब्बु क्षत्रीले आफ्नो कामको मूल्यांकन गरेर यो सम्मान प्रदान गरिएकोमा अझ सक्रिय रुपमा पत्रकारिता गर्न थप उर्जा प्रतिक्रिया दिए ।










