थप २ सय ५० जनामा कोरोना संक्रमण

देश । पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ५० जनामा संक्रमण बढेसंगै कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा पछिल्लो अवस्था बारे प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका हुन् । संक्रमण देखिनेमा २३० पुरुष र २० जना महिला छन् । मन्त्रालयको अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोेल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ८ सय ६१ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ को नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा १ लाख ६२ हजार २ सय १३ जना बसेका छन् भने १ हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

कमेन्ट गर्नुहोस्