फिल्म । अभिनेत्री निरिशा बस्नेतलाई कोरोना भाइरस (कोभिड १९) भएको छ । उनको जाँचमा पोजेटिभ रिपोर्ट आएको हो । मुम्बईमा बस्दै आएकी निरिशाकोकोकिला अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।
अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । उनले बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी निरिशाले नेपाली फिल्म ‘जानी नजानी’ मा काम गरेकी छिन् ।
कमेन्ट गर्नुहोस्










